स्पोर्ट्स अवार्डमा करातेको बर्चस्व
barnanmedia.com · Mon Aug 31 22:17:08 GMT 2026
२३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको चार प्रमुख विधाको मनोनयनमा करातेले बर्चस्व जमाएको छ । वर्ष उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधामा करातेका आठ जनाले स्थान बनाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को खेलाडी छनोट समितिले आइतबार सार्वजनिक गरेको मनोनयनअनुसार वर्ष उत्कृष्ट पुरुष खेलाडीमा करातेका प्रदीप बैजाली मगर, बक्सिङका चन्द्र थापा, एथलेटिक्सका सोमबहादुर कुमाल, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य हुनुहुन्छ ।
महिला खेलाडीमा करातेका एरिका गुरुङ, सविना श्रेष्ठ र सानुमाया थिङसँगै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा पर्नुभएको छ । युवा खेलाडीमा करातेका रेहान जावेद र मनिषाकुमारी बोहोरा, बक्सिङका अर्पिल राना, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव हुनुहुन्छ ।
Read full story at source (barnanmedia.com)