पृथ्वी चोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने
ratopati.com · Tue Aug 11 19:35:24 GMT 2026

कास्की । पोखराको पृथ्वीचोकमा वर्षौंदेखि सडक पेटी तथा फुटपाथबाट सञ्चालन हुँदै आएका लामो तथा छोटो दूरीका बस मंगलबारदेखि बसपार्कभित्रबाटै छुट्न सुरु गरेका छन् । सडक पेटीमा हुँदै आएको बस पार्किङ तथा यात्रु चढाउने–झार्ने कार्य हटाएर बसपार्कभित्रैबाट सेवा सञ्चालन गर्न सुरु गरिएको हो ।
सडक पेटी र फुटपाथमा बस तथा अन्य सवारीसाधनको अव्यवस्थित पार्किङका कारण पृथ्वीचोकदेखि चाइनापुलसम्मको क्षेत्र लामो समयदेखि अस्तव्यस्त रहँदै आएको थियो । फुटपाथसमेत बस सञ्चालन र यात्रु चढाउने–झार्ने कार्यमा प्रयोग हुँदा पैदलयात्रुले सास्ती खेप्दै आएका थिए ।
Read full story at source (ratopati.com)