दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु
barnanmedia.com · Tue Aug 11 20:15:00 GMT 2026

दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । प्रहरीले मङ्गलबार दुर्घटनाबारे जानकारी दिँदै उद्धार तथा घटनास्थलको अनुसन्धान अघि बढिरहेको जनाएको छ ।
जोहानेसबर्गबाट करिब १०० किलोमिटर उत्तरपश्चिममा रहेको रुस्टनबर्ग सहरनजिकै दुर्घटना भएको हो । घटनास्थलमा अधिकारीहरू पुग्ने क्रम जारी रहेकाले मृतक तथा घाइतेको थप विवरण तत्काल उपलब्ध हुन नसकेको प्रान्तीय प्रहरी प्रवक्ता कर्नल एडेले माइबर्गले बताउनुभएको छ । मृतकहरूको राष्ट्रियतासमेत खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।
Read full story at source (barnanmedia.com)