वनस्थलीमा ‘प्रहरी’ भन्दै साढे १० लाख लुट्ने आरोपमा चार पक्राउ
bishowkhabar.com · Tue Jun 30 09:22:12 GMT 2026

काठमाडौं- काठमाडौंको वनस्थलीमा आफूहरू प्रहरी भएको भन्दै एक व्यक्तिलाई हतकडी लगाएर साढे १० लाख रुपैयाँभन्दा बढी रकम लुटपाट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिदका लागि काठमाडौं आएका थिए। उनी आफ्ना चिनजानका शेरबहादुर मोक्तानको कोठामा बसिरहेका बेला गत असार ९ गते साँझ करिब ७ बजे ५–६ जनाको समूहले आफूहरू प्रहरी भएको परिचय दिँदै नियन्त्रणमा लिएको थियो ।
Read full story at source (bishowkhabar.com)