जर्मनीलाई हराएपछि पाराग्वेमा सार्वजनिक बिदा घोषणा, ऐतिहासिक जितपछि देशभर उल्लास
kalakarmi.com · Tue Jun 30 09:32:39 GMT 2026
काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ मा युरोपेली फुटबल महाशक्ति जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेपछि पाराग्वे सरकारले देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । दशकौँसम्म सम्झिने गरी आएको यस ऐतिहासिक जितले पाराग्वेका नागरिकलाई उत्साह र गौरवले भरिदिएको छ ।
पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राष्ट्रिय टोलीको असाधारण प्रदर्शनको सम्मानस्वरूप देशभर सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । राष्ट्रपतिले जारी गरेको सन्देशमा यो जित केवल फुटबल मैदानको सफलता मात्र नभई सम्पूर्ण पाराग्वेली जनताको एकता, समर्पण र राष्ट्रिय गौरवको प्रतीक भएको उल्लेख गरिएको छ । सरकारका अनुसार यो निर्णयले खेलाडीहरूको योगदानप्रति सम्मान व्यक्त गर्नुका साथै आगामी पुस्तालाई खेलकुदमा प्रेरित गर्ने उद्देश्य पनि राखेको छ ।
Read full story at source (kalakarmi.com)