कालीगण्डकीको कटानले जोखिममा पुल
canadanepal.com · Wed Aug 12 00:22:29 GMT 2026

बागलुङ - कालीगण्डकी नदीमा आएको उच्च बहाव र कटानका कारण बागलुङको प्रवेशद्वार मानिने मालढुङ्गा पुल जोखिममा परेको छ। बागलुङ–पर्वत जोड्ने उक्त पुलको पर्वततर्फको मुख्य पिलरको जगमा नदीले निरन्तर कटान गरेपछि पुलको संरचनामा क्षति पुग्न थालेको हो।
करिब तीन दशकअघि निर्माण भएको पुलको जगमा गत बिहीबारदेखि क्षति देखिन थालेको सडक डिभिजन कार्यालयले जनाएको छ। अविरल वर्षापछि कालीगण्डकीमा पानीको सतह बढेसँगै नदीले पुलको पिलर आसपासको माटो कटान गर्दा अहिले जग क्षेत्रबाट माटो खसिरहेको छ।
Read full story at source (canadanepal.com)