कोशी, बागमती र कर्णालीमा मेघगर्जनसहित वर्षा, कस्तो रहनेछ दिनभरको मौसम ?
bishowkhabar.com · Wed Aug 12 00:28:46 GMT 2026

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ ।
हाल देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको छ ।
Read full story at source (bishowkhabar.com)