राष्ट्रियसभाको बैठक बस्दै
nagariknews.nagariknetwork.com · Wed Aug 12 00:28:31 GMT 2026

सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ। अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची छ।
यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष पेस गर्ने कार्यसूची छ।
Read full story at source (nagariknews.nagariknetwork.com)