हेटौंडाका कर्घा चले, अब चलाउनुपर्छ सोच
nagariknews.nagariknetwork.com · Wed Aug 12 00:39:29 GMT 2026

दुई दशकभन्दा लामो समय मौन रहेका हेटौंडा कपडा उद्योगका कर्घा फेरि चल्न थालेका छन्। बन्द अवस्थामा रहेको उद्योगको सरसफाइ, मेसिनको परीक्षण तथा मर्मत र परीक्षण उत्पादन सुरु हुनु आफैंमा सकारात्मक सुरुवात हो। सरकारले यसको सम्भाव्यता र प्राविधिक पक्षको अध्ययन पनि अघि बढाइरहेको छ।
हेटौंडा कपडा उद्योगको पुनर्जीवनलाई एउटा पुरानो सरकारी कारखाना पुनः सञ्चालनमा ल्याउने सामान्य घटनाका रूपमा मात्र हेर्नु हुँदैन। यो नेपालको औद्योगिक नीति, सार्वजनिक सम्पत्तिको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासबारे हाम्रो सोच बदल्ने अवसर पनि हो। हेटौंडा फेरि चलाउनुपर्छ कि पर्दैन ? बन्द उद्योगमा सरकारले फेरि लगानी गर्नु उचित हो कि होइन ? पुरानो प्रविधि भएको उद्योगले आधुनिक बजारमा प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन? सरकार आफैंले चलाउने कि निजी क्षेत्रलाई सहभागी गराउने? यी प्रश्न स्वाभाविक र आवश्यक छन्। सार्वजनिक पैसा प्रयोग हुने भएकाले हरेक रुपैयाँको हिसाब हुनुपर्छ। लागत, उत्पादन, बजार, आम्दानी, व्यवस्थापन, प्रविधि र वित्तीय दिगोपनको मूल्यांकन हुनुपर्छ तर अर्को प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ– के सरकारको सफलता केवल उसले कति नाफा कमायो र कति लाभांश दियो भन्ने आधारमा मात्र मापन गर्न मिल्छ ? मेरो विचारमा मिल्दैन।
Read full story at source (nagariknews.nagariknetwork.com)