कनकाईमा ९७ जनाले लिए भूमिसम्बन्धी सेवा
nagariknews.nagariknetwork.com · Wed Aug 12 00:55:37 GMT 2026

झापाको कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन्। नगरपालिकाको भूमि प्रशासन शाखामार्फत स्थानीयवासीलाई धनीपुर्जा वितरण, जग्गापास तथा कित्ताकाटलगायतका सेवा प्रदान हुँदै आएको छ।
नगरपालिकाका भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार कनकाई नगरपालिकाले गत असार ८ गतेदेखि भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएको थियो। उनका अनुसार, भूमि प्रशासन शाखामार्फत धनीपुर्जा वितरण तथा जग्गापाससम्बन्धी कार्य सहज रूपमा भइरहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)