अपराध अनुसन्धानको लागि नेपाल प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार
kendrabindu.com · Wed Aug 12 01:03:35 GMT 2026

काठमाडौं । नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सरकारसँग ‘कल इन्टरसेप्सन’ को अधिकार मागेको छ। यो अधिकार पाए प्रहरीले व्यक्तिको फोन कुराकानी ‘रियल टाइम’ मै सुन्न सक्छन्।
प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले प्रहरीको रणनीतिक योजनामै कल इन्टरसेप्सनको विषय समेटिएको बताए। ‘जो व्यक्ति जघन्य अपराधमा संलग्न छन् वा फरार छन्, उनीहरूको कोसँग के कुरा भइरहेको छ भन्ने सुन्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘त्यसैले प्रहरी अनुसन्धानलाई प्रविधिमैत्री बनाउनका लागि रणनीतिक योजना तयार गरेर गृह मन्त्रालयलाई जाहेर गरेका छौं।’
Read full story at source (kendrabindu.com)