एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ
khabarhub.com · Wed Aug 12 01:09:46 GMT 2026

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच ठाउँमा चोरी गर्ने एक जनालाई प्रहरीले सुनचाँदीका गहना र नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जन रहेका छन्।
गत साउन २२ गते बिहान करिब ८ बजे हरिसिद्धीस्थित घरकोठामा चोरी भएको घटनापछि प्रहरी वृत्त सातदोबाटोको टोलीले सीसीटीभी फुटेजका आधारमा खोजी सुरु गरेको थियो। बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (khabarhub.com)