प्रधानमन्त्री कार्यालय र संचार मन्त्रालयका सचिवले दिए राजीनामा
kendrabindu.com · Wed Aug 12 01:16:26 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिएका छन् । उनीहरूको राजीनामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको एक मन्त्रीले जानकारी दिएका छन् ।
साउन १३ मा सञ्चार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै राजीनामा दिएका हुन्। सचिव पोखरेलको सेवा अवधि एक वर्ष बढी बाँकी थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट रहेका पोखरेलले अन्तत राजीनामा दिएका छन्।
Read full story at source (kendrabindu.com)