रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण
barnanmedia.com · Wed Aug 12 01:14:37 GMT 2026

रघुगङ्गा गाउँपालिका–१ बेगमा रु एक करोड ५० लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ ।
तीनतले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष बिलप्रसाद फगामीले आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको भवन निर्माण योजनालाई आव २०८२/८३ मा पूर्णता दिइएको बताउनुभयो । “आव २०८०/८१ मा रु ५० लाख र २०८१/८२ मा रु ५५ लाख बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको हो”, उहाँले भन्नुभयो, “गत आवमा विनियोजन भएको बजेटबाट रु २७ लाख ७१ हजारमा ठेक्कामार्फत तला थप गरेर सभाहल बनाएर भवनलाई पूर्णता दिइएको हो ।”
Read full story at source (barnanmedia.com)