सदनमा किन उपस्थित भएर हिँड्छन् सांसद? आशिका तामाङले दिइन् यस्तो जबाफ
himalpress.com · Wed Aug 12 01:28:13 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभामा गठपुरक संख्या नपुगेर विधेयक अलपत्र भएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले आफ्नो बचाउ गरेकी छन्। मंगलबार सदनमा सांसदहरूको उपस्थिति न्यून भएर महत्त्वपूर्ण विधेयक निर्णयार्थ पेस हुन सकेको थिएन। यसबारे आशिकाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू सदनमा उपस्थित हुन नसक्नुकाे कारण बताएकी छन्। उनले जनताका कुरा मन्त्रालयमा लिएर जानुपर्ने तर सुनुवाइ नहुँदा अलमलमा परिने गरेको बताएकी छन्।
‘हिजो सदनमा सांसदहरूको सङ्ख्या पुगेन रे? अब सांसदहरू सबै मन्त्रालयको ढोकामा कति खेर मन्त्री र सचिवलाई भेट्ने अनि गुनासो पोख्ने भनेर लाइनमा हुनुहुन्छ अनि पुग्छ त संख्या? सरकार फेरिए पनि प्रधानमन्त्री नयाँ आए पनि काम गर्ने कर्मचारीले हो। मन्त्रालयका सचिवहरूले अब हजुर ३ दिन सक्छौँ हामीले भनेको काम ३ महिना बितिसक्दा पनि दिनमा ३ पल्ट त मन्त्रालय नै काम होला कि तैपनि भनेर धाउनु पर्छ,’ उनले भनेकी छन् ।
Read full story at source (himalpress.com)