विदेशी मुद्राको विनिमय दर
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०० पैसा रहेको छ भने युरोको खरिददर १७५ रुपैयाँ ७९ पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा तोकिएको छ।
त्यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा कायम हुँदा स्वीस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९६ पैसा रहेको छ भने क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा तोकिएको छ।
Read full story at source (hamrakura.com)