कसरी उदाय सतिशलाल ? कस्ले रोक्न खोज्दै छ नेपालमा उनलाई ?
corporatenepal.com · Wed Aug 12 01:33:43 GMT 2026

काठमाडौँ । सतिशलाल आचार्य, नेपाली मुलका सिंगापुरे व्यवसायी । प्रख्यात मेडिकल डाक्टर ईश्वरलाल (आईएल) आचार्यका जेठा छोरा सतिश नेपालकै एक ठूलो कम्पनी एनसेलका लगानीकर्ता पनि हुन् । त्यही कारण उनी चर्चामा पनि छन् । एनसेलकै लगानीकर्ता भएकाले सतिश निकै आलोचना र चुनौतिहरु पनि झेल्दै छन् ।
सन् २०१६ मा एनसेलको २० प्रतिशत शेयर सतिस र उनको परिवारले खरिद गर्यो । त्यसैबेलादेखि नै सतिसको चर्चा हुन थाल्यो । उनको पृष्टभूमि खोजी हुन थाल्यो । स्वाभाविक हो, दूरसञ्चार क्षेत्रको ठूलो कम्पनी, जो देशकै ठूलो करदाता पनि हो, जसको लगानीकर्ताको सार्वजनिक चासो र चर्चा हुनु, उनको असल र खराब पक्षको अध्ययन विश्लेषण अन्यथा होइन । तर पछिल्लो समय जुन ढंगले सतिशको आलोचना र घेरावन्दी हुँदैछ, त्यो भने अस्वाभाविक देखिन्छ ।
Read full story at source (corporatenepal.com)