कर्णालीका १८५ जना सम्पर्कविहीन
nepalnews.com · Thu Aug 27 16:40:47 GMT 2026

सुर्खेत । भोटेकोशीमा बुधबार आएको भिषण बाढीपश्चात कर्णालीका १८५ जना सम्पर्कविहीन भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म आफन्त तथा परिवारका सदस्यले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा टिपाएको प्रारम्भिक विवरणअनुसार १८५ जना सम्पर्कविहीन छन्।
सम्पर्कविहीन हुनेहरुमा कर्णालीका दश जिल्लाबाट सडक तथा जलविद्युत आयोजनामा मजदुरी गर्न गएकाहरु धेरै छन्। साथै अध्ययन, सरकारी तथा गैर सरकारी संघसंस्थाहरुमा कार्यरत कर्मचारी, सुरक्षा निकायमा कार्यरत व्यक्तिहरुको अवस्था अज्ञात रहेकोे प्रहरीले जनाएको छ।
Read full story at source (nepalnews.com)