आविष्कार र नवप्रवर्तन छ भने आउनुहोस्, सरकारले अनुदान दिन्छ: मन्त्री पुन
techpana.com · Wed Aug 12 01:38:10 GMT 2026

काठमाडौं । स्रोत र साधनको अभावमा थन्किएर रहेका अनुसन्धान र आविष्कारहरूलाई पूर्णता दिन सरकारले सहयोग गर्ने भएको छ । मङ्गलबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विगतका वर्षहरूमा तयार पारिएका उपयोगी वस्तुका नमुना (प्रोटोटाइप) हरूलाई व्यावसायिक उत्पादनमा लैजान मन्त्रालयले आर्थिक अनुदानसहितको सहयोग गर्ने जानकारी दिएका हुन् ।
मन्त्री पुनले नवीन सोच भएर पनि आर्थिक अभावका कारण काम अगाडि बढाउन नसकेका नवप्रवर्तकहरूलाई आफ्नो परियोजना मन्त्रालयको पोर्टलमा दर्ता गर्न आह्वान गरेका छन् ।
Read full story at source (techpana.com)