संसद्मा किन पुग्दैन गणपूरक संख्या ? मन्त्रालय धाउनुपर्ने बाध्यता रहेको सांसद तामाङको स्पष्टोक्ति
nagariknews.nagariknetwork.com · Wed Aug 12 01:56:35 GMT 2026

प्रतिनिधिसभाको बैठकमा आवश्यक गणपूरक संख्या नपुगेर महत्वपूर्ण विधेयक अघि बढ्न नसकेपछि सांसदहरूको उपस्थिति र सदनमा हुने बहसमाथि प्रश्न उठ्न थालेको छ।
यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत सांसदहरू केवल हाजिरी जनाएर सदनबाट बाहिरिने बाध्यता रहेको बताएकी छिन्। उनले लेखेकी छन्, ‘हाजिर गर्यो अनि टाप रे ? सदन भनेको ७ घण्टासम्म ठिक हो।’ उनका अनुसार सदनमा लामो समयसम्म बहस हुनु आफैमा गलत होइन तर त्यस्तो बहस ठोस, तथ्यपरक र कार्यान्वयनमुखी हुनुपर्छ।
Read full story at source (nagariknews.nagariknetwork.com)