कोलम्बियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो
nepalviews.com · Wed Aug 12 02:24:36 GMT 2026

काठमाडौं । पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि प्रभावित क्षेत्रहरूमा उद्धार तथा खोजी कार्य निरन्तर जारी छ। भग्नावशेषमा पुरिएका मानिसहरूको खोजीका लागि उद्धारकर्मीहरू दिनरात खटिरहेका छन्। पछिल्लो आधिकारिक जानकारी अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १८० नाघेको छ।
राष्ट्रिय स्तरमा १८१ जनाको मृत्यु पुष्टि भएको भए पनि स्थानीय निकायहरूबाट प्राप्त विवरणहरू जोड्दा मृतकको संख्या २४० भन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ। आक्रमण र विपद्को यो कठिन घडीमा सबैभन्दा बढी क्षति काली र पेरेरा सहरमा भएको छ।
Read full story at source (nepalviews.com)