अभिनेत्री लुसी डेभिसलाई क्यान्सर
lokaantar.com

बेलायती चर्चित टेलिभिजन शृङ्खला द अफिसकी अभिनेत्री लुसी डेभिसले आफूलाई चौथो चरणको (स्टेज–४) स्तन क्यान्सर भएको र रोग हड्डीसम्म फैलिएकाले निको नहुने अवस्था रहेको खुलासा गरेकी छन्।
५३ वर्षीया डेभिसले इन्स्टाग्राममार्फत करिब डेढ वर्षअघि आफूलाई स्तन क्यान्सर भएको पत्ता लागेको र क्यान्सर मेरुदण्ड, दायाँ कम्मर र करङसम्म फैलिएको बताएकी हुन्। उनले रोग धेरै फैलिसकेकाले किमोथेरापी सम्भव नभएको उल्लेख गरेकी छन्।
Read full story at source (lokaantar.com)