माटोमुनि डेकेन्द्र, आँखाभरि प्रश्न
nepalpress.com · Wed Aug 12 02:35:54 GMT 2026

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकालका दिनहरू बितेका हुन् । यहीँका उकाली- ओरालीमा दौडिएँ, पाखा-पखेरासँग खेलेँ, जङ्गलका गोरेटामा हिँड्न सिकेँ । गाउँका अनुहारहरू आफ्नै थिए, बाटाहरू परिचित थिए । द्वारी मेरो लागि घर थियो । सम्झना थियो । बाल्यकाल थियो । तर २०६५ सालको त्यो असार ११ गतेपछि द्वारीसँग जोडिएको मेरो स्मृति फेरियो । त्यही परिचित माटो एक दिन मेरो पत्रकारिताकै सबैभन्दा पीडादायी साक्षी बन्न पुग्यो ।
चार वर्षदेखि हराइरहेका सहकर्मी पत्रकार डेकेन्द्रराज थापाको शव यही माटोमुनि गाडिएको रहेछ । परिवारलाई उनको हत्या भएको खबर थियो । तर शव थिएन । चार वर्षसम्म एउटी आमाले आफ्नो छोराको अन्तिम अनुहार हेर्न पाइनन् । आफन्तले काँधमा शव बोकेर घाटसम्म पुर्याउन पाएनन् । पत्रकारिता जगत्ले आफ्नै सहकर्मीको मृत्युको सत्य खोजिरह्यो ।
Read full story at source (nepalpress.com)