मासु र अन्डाको मूल्यवृद्धि : किसान घाटामा, उपभोक्ता मारमा, बिचौलियालाई रजाइँ
onlinekhabar.com · Wed Aug 12 02:45:49 GMT 2026
२७ साउन, काठमाडौं । साधारणतया साउन महिनामा कतिपय नेपालीले माछामासु तथा अन्डा खाँदैनन् । माग कम हुने यो महिनामा मासु र अन्डाको मूल्य घट्नुपर्ने हो । तर, यसपटक बजारको दृश्य ठ्याक्कै उल्टो छ । साउन लागेयता अन्डा र कुखुराको मासुको भाउ बढेको छ । छोटो समयमै पटक–पटक भएको मूल्यवृद्धिका कारण भान्सा महँगिएको उपभोक्ताको गुनासो छ ।
बजारमा अन्डा र मासुको भाउ छोइनसक्नु हुँदा लाग्न सक्छ– ‘यसपटक किसानले राम्रै नाफा कमाए होलान् ।’ तर, मूल्यवृद्धिको यो ग्राफले न किसानको मुहारमा खुसी ल्याएको छ, न उपभोक्तालाई राहत दिएको छ ।
Read full story at source (onlinekhabar.com)