प्रधानमन्त्री, मन्त्रीका निर्देशन लोकरिझ्याइँको विषय हुनुहुँदैन
baahrakhari.com · Wed Aug 12 03:19:48 GMT 2026
उहिले राजाका पालामा कलमले लेखेर निर्देश गर्ने चलन थिएन । राजाले कर्मचारीलाई केही अह्राउनु परेमा मुखैले टुंग्याउँथे, जसलाई कसैले 'राजाज्ञा' भन्थे त कसैले 'हुकुम' । सरकारी वृत्तमा चाहिँ यसलाई 'निर्देशन' भनिन्थ्यो ।
राजाको मुखबाट बोली झर्नासाथ तामेल पनि हुन्थ्यो । राजाज्ञाबमोजिम काम नभएमा जे सजाय उपयुक्त लाग्थ्यो, राजाले मुखैले नै तोक्थे । त्यसबेला राजा कानुनभन्दा 'माथि' थिए, सार्वभौमसत्ता उनैमा निहित थियो । त्यसैकारण उनको बोलीमा प्रश्न उठाउने कुरै आएन । राजकाज यसरी नै चलेको थियो ।
Read full story at source (baahrakhari.com)