सामाजिक सञ्जाल : प्रहारको अखडा कि संकटको सहारा ?
annapurnapost.com · Wed Aug 12 03:17:56 GMT 2026

काठमाडौं : हातमा स्मार्टफोन, स्क्रिनमा शब्दवाण र केही सेकेन्डमै हजारौं लाइक, कमेन्ट र सेयर। राजनीतिक दलका नेता हुन् वा ‘पब्लिक फिगर’हरू, जसको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ— सामाजिक सञ्जाल। एउटै प्लेटफर्ममा बढ्दो छ, शब्दको ‘आक्रमण’ र ‘प्रतिआक्रमण’।
एउटै सामाजिक सञ्जालमा दुई संसार छन्। एकातिर कटाक्ष, आरोप, गाली, प्रतिशोध, चरित्रहत्या भइरहेको छ; जसको उजुरी लिएर दिनहुँ झन्डै एक सय पीडितहरू नेपाल प्रहरीको साइबर ब्युरोमा पुग्ने गर्छन्। त्यस्तै अर्कातर्फ सहयोग, रक्तदान, उद्धार, उपचार, जनचेतना, नागरिक अभियान र हराएका मानिसको खोजीका लागि समेत सञ्जालकै उपयोग भइरहेको छ।
Read full story at source (annapurnapost.com)