व्यवसायीलाई व्याज अनुदान दिँदै बागमती सरकार
ratopati.com · Wed Aug 12 03:33:38 GMT 2026

मकवानपुर । बागमती प्रदेश सरकारले स्वरोजगार व्यवसायीलाई कर्जा व्याज अनुदान दिने तयारी गरेको छ । प्रदेश सरकारले सहुलियतपूर्ण व्यवसाय कर्जामा लाग्ने व्याजमा अनुदान दिने गरी प्रक्रिया अगाडि बढाएको हो ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशभर उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण कर्जामा लाग्ने व्याजमा अनुदान प्रदान गर्ने भएको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा हेटौँडामा आयोजित स्वरोजगार व्यवसाय कर्जा व्याज अनुदान कार्यविधिको बारेमा सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण कर्जामा लाग्ने व्याजमा अनुदान प्रदान गर्ने जानकारी गराइएको थियो । कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८३/०८४ मा सहुलियतपूर्ण कर्जामा लाग्ने व्याजमा अनुदान प्रदान गर्न २० करोड रुपियाँ विनियोजन गरिएको छ ।
Read full story at source (ratopati.com)