एयर इन्डियाका पाइलटले गाँजा खाएर विमान उडाए
kendrabindu.com · Wed Aug 12 03:37:02 GMT 2026

काठमाडौं । भारतको एयर इन्डियाका प्रमुख पाइलट ड्रग परीक्षणमा पोजेटिभ पाइएको छ । गत साता एयर इन्डियाको फुकेट–दिल्ली उडानका क्रममा ती पाइलटले उडाएको विमान अचानक ३०० फिट तल झरेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।
उडानका क्रममा तीव्र गतिमा विमानको उचाइ घट्दा २४ जना घाइते भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । अगस्ट ४ मा फुकेटबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको उडान नम्बर एआई–२३७९ उडिरहेका बेला अचानक ३०० फिट तल झरेको थियो । २० जना यात्रु र चारजना चालक दलका सदस्य घाइते भएका थिए ।
Read full story at source (kendrabindu.com)