कोरोनाबाट कैदीको मृत्यु
ekantipur.com · Wed May 12 12:18:29 GMT 2021
इलाम — कोरोनाको दुवै खोप लगाएका इलाम कारागारका एक कैदीको मृत्यु भएको छ । इलाम अस्पतालको आइसोलेसनमा रहेका ३४ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी ध्रवुबहादुर खड्काले जानकारी दिए ।
पेटको बिरामी रहेका उनलाई गत वैशाख २६ गते झापा भद्रपुरको मेची अञ्चल अस्पताल लगिएको थियो । सो क्रममा परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो । इलाममा नै उपचार सहज हुने भन्दै उनलाई सोहिदिन फिर्ता ल्याएर जिल्ला अस्पतालमा राखिएको थियो ।
Read full story at source (ekantipur.com)