आज काठमाडौंमा २०२६ लागेयताकै सबैभन्दा गर्मी हुने सम्भावना
corporatenepal.com · Wed Aug 12 03:35:45 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार साँझतिर क्षणिक वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोसम्म भने अधिकांश समय घाम लाग्ने र तापक्रम बढ्ने अनुमान गरिएको छ। महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार दिउँसो ३/४ बजेपछि उपत्यकामा बादल विस्तारै बढ्दै जाने र त्यसपछि वर्षा हुन सक्ने सम्भावना छ। उनका अनुसार लगातार ठूलो वर्षा हुने सम्भावना भने छैन ।
उपत्यकाका अधिकांश स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् ढकालले बताए। वर्षा छोटो समयका लागि मात्र हुने अनुमान गरिएको छ।
Read full story at source (corporatenepal.com)