सुदूरपश्चिम प्रदेश : राजीनामा दिँदै मुख्यमन्त्री शाह
nepalviews.com · Wed Aug 12 03:51:14 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने पर्याप्त बहुमत जुट्ने अवस्था नरहेपछि र संवैधानिक रूपमा लिनुपर्ने ३० दिनको समयसीमा पूरा हुन लागेसँगै उनी राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमका अनुसार मुख्यमन्त्री शाहले आजै प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने तयारी गरेका छन्। गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
Read full story at source (nepalviews.com)