झारखण्ड विद्यार्थी आन्दोलन : ११ दिनदेखि आमरण अनशनमा क्रान्तिकारी मोर्चाका नेता देवेन्द्र महतो
nepalsamaya.com · Wed Aug 12 03:58:00 GMT 2026

काठमाडौं- झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चा (जेएलकेएम) का नेता देवेन्द्रनाथ महतोले थालेको आमरण अनशन बुधबार ११औँ दिनमा प्रवेश गरेको छ। स्वास्थ्य अवस्था कमजोर बनेपछि अस्पताल भर्ना गरिए पनि उनले अनशन जारी राखेका छन्।
झारखण्ड लोक सेवा आयोग (जेपीएससी) र झारखण्ड कर्मचारी छनोट आयोग (जेएसएससी) ले सञ्चालन गरेका भर्ती परीक्षामा अनियमितता भएको आरोप लगाउँदै लाखौं विद्यार्थीको पक्षमा महतोले आन्दोलन गरिरहेका हुन्। विद्यार्थी संगठनहरूले माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउँदै जनआन्दोलनमा रूपान्तरण गर्ने चेतावनी दिएका छन्।
Read full story at source (nepalsamaya.com)