सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने तयारी, नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्दै
kendrabindu.com · Wed Aug 12 03:59:42 GMT 2026

धनगढी । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलका नेतासमेत रहेका शाहले बुधबार दिउँसो २ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन् ।
बजेटको विषयमा विवाद बढेपछि शाहले ३१ असारमा एमालेका चार मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए । सोही दिन एमालेले शाह सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले बिहीबार स्वत: पदमुक्त हुनेछन् ।
Read full story at source (kendrabindu.com)