इरानको सम्भावित आक्रमणका कारण चुपचाप विमान बदलेको ट्रम्पको स्वीकारोक्ति
annapurnapost.com · Wed Aug 12 03:52:10 GMT 2026

काठमाडौं : इरानसँगको युद्ध चर्किएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको सुरक्षा चुनौती गम्भीर मोडमा पुगेको खुलासा भएको छ। गत फेब्रुअरीमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी लक्षित हवाई आक्रमणपछि दुई देशबीच सुरु भएको सैन्य द्वन्द्वले अब 'व्यक्तिगत बदला'को रूप लिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार गत महिना टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा अमेरिकी सुरक्षा निकाय 'सिक्रेट सर्भिस'ले ट्रम्पलाई सम्भावित इरानी मिसाइल आक्रमणबाट बचाउन एक गुप्त अपरेसन चलाएको थियो।
Read full story at source (annapurnapost.com)