रौतहटमा २ बालबालिकाको शव फेला, एक बालिका बेपत्ता
kendrabindu.com · Wed Aug 12 04:04:30 GMT 2026

रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ । हिजो दिउँसो नदिमा नुहाउन गएका एक बालक र दुई बालिका लालबकैया नदिमा बेपता भएका थिए । हराएकामध्ये भने एक बालिक अझै बेपत्ता छिन ।
हराएका मध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
Read full story at source (kendrabindu.com)