काँचो स्याउ बजारमा आउन थालेपछि कडाइ
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
सिमकोट । हुम्लामा स्याउ पाक्न नपाउँदै बजारमा पठाउने क्रम देखिन थालेपछि जिल्ला बाहिर हुने निर्यातमा कडाइ गरिएको छ । काँचो तथा अपरिपक्व स्याउ बाहिरी बजारमा पुग्दा हुम्लाको उत्पादनप्रतिको उपभोक्ताको विश्वासमा असर पर्न सक्ने भन्दै अब पाकेको र गुणस्तरीय स्याउ मात्रै जिल्ला बाहिर पठाउने निर्णय गरिएको हो ।
स्याउको जात, उत्पादन क्षेत्र, पाक्ने समय र गुलियोपनालाई आधार बनाएर निर्यात अनुमति दिने गरी पाँचबुँदे निर्णय गरिएको छ। मंगलबार कृषि विकास कार्यालय हुम्लाको आयोजनामा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, सञ्चारकर्मी तथा सम्बन्धित सरकारी निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।
Read full story at source (hamrakura.com)