चार महिनामै चमत्कार नभए पनि भ्रष्टाचारको छानबिनमा ढिलाइ गर्न पाइँदैन: ज्ञानेन्द्र शाही
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई विकास निर्माणका लागि पर्याप्त समय दिनुपर्ने बताएका छन् । तर, भ्रष्टाचारका ठूला काण्डहरूको अनुसन्धान र कारबाहीका लागि भने कुनै पनि बहानामा समय कुर्न नहुने कडा उनको भनाइ छ ।
नेता शाहीले बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै सरकार गठन भएको थोरै समयमै देशमा ठूलो चमत्कार नै भइहाल्छ भन्ने अपेक्षा राख्नु व्यावहारिक नहुने बताएका हुन् । उनले भनेका छन्, 'चार महिनामै सरकारले चमत्कार गरेर देश बदल्नुपर्छ भन्ने होइन। विकास गर्न समय चाहिन्छ, त्यसका लागि सरकारलाई केही समय कुर्नुपर्छ। ३५ वर्षमा हुन नसकेको विकास चार महिनामै गर भनेर अपेक्षा गर्नु पनि व्यावहारिक हुँदैन।'
Read full story at source (lokaantar.com)