कोलोम्बिया भूकम्प : मृतकको संख्या २ सय २४ पुग्यो
kendrabindu.com · Wed Aug 12 04:18:12 GMT 2026

बोगोटा । दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी २ सय २४ जना मानिसको मृत्यु भएको छ । भूकम्प प्रभावित क्षेत्रहरू क्याली, पेरेइरा, क्विब्डोमा र मानिजालेसमा गरी उक्त संख्यामा मृतकहरूको पहिचान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले उल्लेख गरेको हो ।
कोलोम्बियाको पश्चिमी पहाडी क्षेत्र चोकोको सान होसे देल पालमारमा सोमबार बिहान दशकयताकै ७.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का राजधानी बोगोटासहित पेरेइरा र क्यालीलगायत घनाबस्ती भएका अन्य सहरमा समेत महसुस गरिएको थियो । शुक्रबार मात्रै पदभार सम्हालेका कोलोम्बियाका राष्ट्रपति अबेलार्दो दे लासएस्प्रिएलाले तत्काल राष्ट्रिय विपद्को घोषणा गरेका थिए । अन्तर्राष्ट्रिय नेताहरूले पनि उद्धार तथा राहत कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
Read full story at source (kendrabindu.com)