टेम्केमैयुङमा कृषि उपज केन्द्र निर्माण गरिने
ratopati.com · Wed Aug 12 04:31:08 GMT 2026

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गरिने भएकाे छ । यसका लागि गाउँपालिका र नेपालस्थित भारतीय दूतावासबिच समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको छ । गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत र भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनाशकुमार सिंहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त केन्द्रको कुल लागत रु नौ करोड ८८ लाख ६७ हजार ७८५ छ । परियोजनाका लागि कुल लागतको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत रकम तथा मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने सम्झौतामा उल्लेख छ । समझदारीपत्रअनुसार केन्द्र निर्माणको अवधि १५ महिना तोकिएको गाउँपालिका अध्यक्ष बस्नेतले जानकारी दिए ।
Read full story at source (ratopati.com)