बालिका बलात्कारको आरोपमा एक जना पक्राउ
barnanmedia.com · Wed Aug 12 04:25:41 GMT 2026

बालिकामाथि बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले ३२ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ । फाल्गुनन्द गाउँपालिका–२, इम्बुङका ती पुरुषमाथि भतिजी नाता पर्ने बालिकामाथि बलात्कार गरेको आरोप लागेको हो ।
प्रहरीका अनुसार साउन २५ गते घटना भएको हो । पीडित बालिकाले दिएको उजुरीका आधारमा प्रहरीले आरोपित पुरुषलाई मङ्गलबार पक्राउ गरेको जनाएको छ ।
Read full story at source (barnanmedia.com)