बागमतीमा दर्जनौँ पूर्वाधार आयोजना ‘रुग्ण’, बजेट भए पनि काम ठप्प
ratopati.com · Wed Aug 12 04:42:40 GMT 2026

मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा सञ्चालित केही ठुला र रणनीतिक महत्त्वका पूर्वाधार आयोजनाको प्रगति चिन्ताजनक देखिएको छ । प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका ती पूर्वाधार आयोजना स्रोत अभाव तथा ठेकदारको लापरबाहीका कारण अलपत्र परेका छन् ।
कतै निर्माण व्यवसायीले काम छाडेर कानुनी उपचारमा गएका छन् भने केही काम नसकिएपछि सरकारले ठेक्का अन्त्यको प्रक्रिया सुरु गरेको छ । २०७६ मा सुरु गरिएको सतुंगल–मातातीर्थ–देउराली–कुलेखानी सडकको काम ७ वर्षमा ७० प्रतिशत भएको छ । निर्माण व्यवसायीले पटक–पटक म्याद थप माग गर्दै काम नगरेपछि हाल ठेक्का तोड्ने तयारीमा सरकार अघि बढेको छ ।
Read full story at source (ratopati.com)