आईभीएफ सेवा सुरक्षित र व्यवस्थित बनाउन सांसदहरूको माग, डिम्ब तस्करी प्रकरणमा कडा कारबाही हुनुपर्ने
swasthyakhabar.com · Wed Aug 12 04:45:00 GMT 2026

काठमाडौं - प्रतिनिधि सभाको बैठकमा सांसदहरूले नेपालमा बढ्दो निःसन्तानताको समस्या समाधानका लागि प्रयोग हुँदै आएको आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) तथा असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) सेवामा स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन्। साथै, बालिकाको डिम्ब निकालिएको भनिएको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
बैठकमा बोल्दै सांसद डा. ओजस्वी शेरचनले प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न नसक्ने दम्पतीका लागि आईभीएफलगायत प्रविधि महत्वपूर्ण भए पनि यस संवेदनशील सेवामा बिरामीको सुरक्षा, उपचारको गुणस्तर र खर्चमा पारदर्शिता सुनिश्चित गर्न स्पष्ट कानून आवश्यक रहेको बताइन्।
Read full story at source (swasthyakhabar.com)