स्रोत शिक्षकसँग कार्यसम्पादन सम्झौता
reportersnepal.com · Wed Aug 12 04:51:51 GMT 2026

काठमाडौँ, २७ साउन । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन ‘स्रोत शिक्षक’ सँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।
सम्झौतापत्रमा विभागका प्रमुख नमराज ढकाल र स्रोत शिक्षकहरूले हस्ताक्षर गरेका छन् । ‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ र शिक्षा तथा स्वास्थ्य समितिको यही साउन २२ गते गरेको निर्णयका आधारमा सम्झौता गरिएको हो ।
Read full story at source (reportersnepal.com)