लालबकैया नदीमा डुबेर बेपत्ता तीन बालबालिकामध्ये दुई जनाको शव फेला
bishowkhabar.com · Wed Aug 12 05:00:44 GMT 2026

काठमाडौं– लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो नदीमा नुहाउन गएका एक बालक र दुई बालिका अचानक बेपत्ता भएका थिए। खोजीका क्रममा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको हो।
Read full story at source (bishowkhabar.com)