श्रीमान्ले श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाए, छोरीले आगो निभाएर पुर्याइन् अस्पताल
himalpress.com · Wed Aug 12 05:14:30 GMT 2026

सुर्खेत- श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमान्लाई पक्राउ गरिएको छ। भेरीगंगा नगरपालिका-१३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका श्रीमान् ४९ वर्षीय जयबहादुर रानालाई नेपाल प्रहरीले पक्राउ गरेको हो।
मंगलबार बेलुका ५:०० बजे शरीरमा पेट्रोल छरी आगो सल्काएको अवस्थामा १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी हुन्। तत्काल शरीरको आगो निभेपछि छोरी पुष्पाले आमाको उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत पुर्याएकी थिइन्।
Read full story at source (himalpress.com)