सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिने, बोलाए संसदीय दलको बैठक
makalukhabar.com · Wed Aug 12 05:13:23 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले बुधबार दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
बजेटका विषयमा विवाद बढेपछि मुख्यमन्त्री शाहले ३१ असारमा एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसै दिन एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका शाह बिहीबार स्वतः पदमुक्त हुने अवस्थामा छन् ।
Read full story at source (makalukhabar.com)