लागुऔषध कारोबारीहरु धमाधम पक्राउ
janaaastha.com

प्रहरीले लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । कैलालीबाट तीन र सुनसरीबाट एक जनालाई समातिएको हो । गोदावरी नगरपालिका–५ स्थित भैरव टोलमा बस्ने ४५ वर्षीय शंकर विक, २८ वर्षीय गोपाल चौधरी र ३२ वर्षीय विजय चौधरीलाई प्रहरी टोलीले चेकजाँच गरेको थियो ।
सो क्रममा तीन ग्राम ५८० मिलिग्राम खैरो हिरोइन भेटिएको हो । तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । यता, इटहरी उपमहानगरपालिका–३ बस्ने ३२ वर्षीय अवेदश सिंहको कोठामा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र ईलाका प्रहरी कार्यालयबाट टोली खटिएको थियो ।
Read full story at source (janaaastha.com)