बुढीगण्डकी आयोजना अलपत्र पारिएको भन्दै सरोकार समितिकाे आपत्ति
ratopati.com · Wed Aug 12 05:27:45 GMT 2026

काठमाडौँ । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सरकारले उदासिनता देखाएको भन्दै ‘बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समिति’ले कडा आपत्ति जनाएको छ। समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान सरकार र जनप्रतिनिधिहरूले चुनावका बेला गरेका प्रतिबद्धता पूरा नगरेको र आयोजनालाई झन् अन्योलमा धकेलेको आरोप लगाएको हो।
विगत एक दशकदेखि मुआब्जा र पुनर्वासको पर्खाइमा रहेका गोरखा र धादिङका बासिन्दाहरू नयाँ सरकार बनेपछि आशावादी भए पनि अहिले निराशामा बदलिएको विज्ञप्तिमा उल्लेख छ। "बुढीगण्डकी डुवान क्षेत्रकै भोटले चुनाव जितेका नेता सुदन गुरुङ गृहमन्त्री र सोही क्षेत्रलाई पैतृक थलो बनाएका डा. स्वर्णिम वाग्ले अर्थमन्त्री हुनुहुन्छ," विज्ञप्तिमा भनिएको छ, "डुवान क्षेत्रकै प्रतिनिधि शक्तिशाली मन्त्री हुँदा पनि आयोजनाको हाल उस्तै हुनु वास्तवमै विडम्बनापूर्ण छ।"
Read full story at source (ratopati.com)