युवाको अधिकार र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह
ratopati.com · Wed Aug 12 05:30:37 GMT 2026

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले युवाहरूको मानव अधिकारको संरक्षण गर्दै उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले युवाहरूका लागि सुरक्षित, समान र मर्यादित वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएको हो।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घको महासभाले अनुमोदन गरेपछि सन् २००० देखि हरेक वर्ष अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउन थालिएको हो। यस वर्ष Different Contexts, Common Aspirations भन्ने नाराका साथ मनाइएको यस दिवसको अवसरमा आयोगले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली युवाहरूमा शुभकामना समेत व्यक्त गरेको छ।
Read full story at source (ratopati.com)