कसैको मृत्यु, अरूको कन्टेन्टः डिजिटल यूगमा मर्दै गएको मानवीय संवेदना
kalakarmi.com · Wed Aug 12 05:38:34 GMT 2026

काठमाडौं– हिजो–आज बिहानै सामाजिक सञ्जाल खोल्दा कसैको निधनको खबर भेटिन्छ । त्यो खबरले मन भारी हुनु अगावै स्क्रिनमा अर्कै दृश्य देखा पर्छ– मृत व्यक्तिको एआई जेनेरेट लास, अस्पतालको काल्पनिक अन्तिम क्षण अथवा स्वर्गमा पुगेको बनावटी दृश्य ।
अझ कतिपयले त दुर्घटनास्थल अथवा अस्पतालको शैयामा रहेको वास्तविक लासको तस्विर नै बिना कुनै संकोच शेयर गरिसकेका हुन्छन् । यो दृश्य देख्दा मनमा एउटै गम्भीर प्रश्न उब्जिन्छ– के आजको डिजिटल यूगमा हामीभित्रको मानवीय संवेदना सकिँदै गएको हो रु के भाइरल हुने र रीच बढाउने होडमा हामीले सभ्यता र नैतिक सीमाहरू पूर्ण रूपमा बिर्सिसक्यौँ ?
Read full story at source (kalakarmi.com)